सन्तोष प्रसाईं नेपाल लाइफको सीईओ बनेका छन्।
बीमा समितिले स्वीकृति दिएसँगै प्रसाई नेपाल लाइफको सीईओ बनेका हुन्।
कम्पनी सञ्चालक समितिले माघ २८ गते नै सीईओ नियुक्त गरेको थियो। बीमा समितिले बुधबार स्वीकृति दिएपछि प्रसाईं सीईओ बनेका हुन्।
त्यसअघि उनी नेपाल लाइफमै डेपुटी सीईओको भूमिकामा थिए। नवनियुक्त सीईओ प्रसाई चार्टर्ड एकाउन्टेन्ट हुन्।

प्रतिक्रिया