जियोफिजिकल रिसर्च लेटरमा प्रकाशित चीनका दर्जनौं विश्व विद्यालय, विज्ञान संस्थानले मिलेर गरेको अध्ययनमा गएको ६० वर्षको अवधिमा गर्मी याम १७ दिनले बढेको पनि उल्लेख छ।
जलवायु परिवर्तनका समस्यालाई रोक्ने प्रयास नगरिए यसले पृथ्वीमा घातक असर देखाउने अध्ययनको निष्कर्ष छ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता युपिङ गुआन भन्छन्,‘बढ्दो जलवायु परिवर्तनको समस्याका कारण अहिले गर्मी याम बढेको छ र जाडो महिनाको अवधि घटेको छ।’
उनका अनुसार गर्मी याम लामो भयो भन्दा मानिसहरुलाई रमाइलो लाग्नसक्छ किनभने उनीहरु लामो समयका लागि बाहिर घुम्न जान पाउँछन्।
तर यसले पृथ्वीको वातावरण, कृषि तथा मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउने उनको भनाइ छ।
यदी गर्मी मौसमको अवधि बढ्यो भने लामखुट्टेबाट सर्ने रोगको प्रकोप विश्वभर बढ्ने, एलर्जीका समस्या निम्तने र कृषि उत्पादन ढिला फल्ने विज्ञहरुको भनाइ छ। सीएनएन

प्रतिक्रिया