हालसम्म ‘डबल म्युटेन्ट’ कोरोना भाइरस भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको बीबीसीले जनाएको छ।
भारतीय अधिकारीहरुका अनुसार १० हजार ७८७ जनाको नमूना परीक्षण गरिँदा १८ राज्यका ७७१ मा यो नयाँ प्रकारको भाइरस फेला परेको हो।
विज्ञहरुका अनुसार यो कोरोनाको नयाँ प्रकार ‘अझै दुई रुपमा परिवर्तन’ हुन सक्छन्।
यो भाइरस पहिलेको भन्दा धेरै संक्रामक र कोरोनाविरुद्ध बनेका खोपले पनि काम नगर्ने किसिमको हुनसक्ने अनुमान गरिएको छ।
हाल यो डबल म्युटेन्ट कोरोना बेलायतमा ७३६ मा देखिएको छ भने दक्षिण अफ्रिकामा ३४ जनामा र ब्राजिलमा एक जनामा देखिएको छ।
भारतमा गएको २४ घण्टामा ४७ हजार २६२ नयाँ संक्रमित थपिएका छन् भने एकैदिन त्यहाँ २७५ को मृत्यु भएको छ।
3
Shares

प्रतिक्रिया