समाज


म्यान्मारका सेनाबाट पीडित रोहिन्ज्याको शिविरमा आगलागी, १५ को मृत्यु हुँदा चार सय वेपत्ता

म्यान्मारका सेनाबाट पीडित रोहिन्ज्याको शिविरमा आगलागी, १५ को मृत्यु हुँदा चार सय वेपत्ता

नेपालखबर
चैत ११, २०७७ बुधबार ९:३९,

आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन्।

रोहिन्ज्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआरका प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए।

डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कयौं व्यक्तिको रुवाबासी भएको छ।

म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन्। यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए। हाल बंगलादेशको रोहिन्ज्या शिविर विश्वकै सबैभन्दा ठूलो हो।

बंगलादेशले रोहिन्ज्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ। यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहिन्ज्या शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन्।

रोहिन्ज्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad