ad ad

समाज


माघदेखि हराइरहेका व्यक्तिको शव टोखामा ट्यांकीभित्र भेटियो

माघदेखि हराइरहेका व्यक्तिको शव टोखामा ट्यांकीभित्र भेटियो

नेपालखबर
चैत १०, २०७७ मंगलबार १३:२२,

माघको अन्तिम सातादेखि हराइरहेका प्युठानका एक पुरुषको शव खानेपानीको ट्ंयाकीमा फेला परेको छ।

टोखास्थित कल्पना गुरुङको निर्माणाधीन घरमा उनको शव फेला परेको हो।

मंगलबार जमीनमुनीको ट्यांकी सफा गर्ने क्रममा अन्दाजी ४८ वर्षीय कृष्ण घर्तीमगरको शव फेला परेको अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए।

उनी हराएको भन्दै माघको अन्तिम साता सोह्रखुट्टे प्रहरी वृत्तमा जाहेरी परेको थियो।

खोजतलासका क्रममा उनी फेला परेका थिएनन्। घर्ती सोही निर्माणाधीन घरमा प्लम्बरको काम गर्थे। तर बीचमा घर गएपछि उनी बेपत्ता भएको बताइएको छ।

प्युठानको मल्लरानी गाउँपालिका ३ का घर्तिमगर सोह्रखुट्टेस्थित सरकारी धारा भन्ने ठाउँमा बस्दै आएका थिए।

घटनास्थलमा महाशाखा प्रमुख खापुङ, काठमाडौं प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतसहितको टोली मंगलबार साँझ पुगेर फर्किएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .