भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रकाश तान्ती नाम गरेका व्यक्तिले बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई बलात्कार गर्ने गरेको खुलासा भएको हो।
प्रहरीका अनुसार उनले त्यसरी १० दिनमा ८ बालिका बलात्कार गरेको पाइएको छ।
पीडित परिवारको उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ। हाल उनीसँग सोधपुछ जारी छ। साथै उनको मानसिक अवस्थाबारे जाँच पनि भइरहेको प्रहरीले जनाएको छ।
सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले ती व्यक्तिको कुकर्मबारे बताएका थिए। यो खुलासा भएसँगै त्यस क्षेत्रमा सनसनी फैलिएको छ। खबर पाउनेबित्तिकै प्रहरीले आरोपितलाई पक्राउ गरेको हो।
प्रतिक्रिया