ad ad

समाज


अस्ट्रेलियाको संसदमा हस्तमैथुन गरेको भिडिओ लिक भएपछि नैतिक संकटमा सरकार

अस्ट्रेलियाको संसदमा हस्तमैथुन गरेको भिडिओ लिक भएपछि नैतिक संकटमा सरकार

नेपालखबर
चैत १०, २०७७ मंगलबार ६:३२,

गत महिना मात्र २६ वर्षकी पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले सन् २०१९ मा आफूमाथि सत्ताधारी लिबरल पार्टीका उच्च अधिकारीले संसदमै बलात्कार गरेको आरोप लगाएकी थिइन्।

प्रहरीले पनि उनीमाथि बलात्कार भएको उजुरी परेको स्वीकार गरेका थिए। यद्यपी उनले पछि जागिर जाने त्रासका कारण उजुरी फिर्ता गरेकी थिइन्।

त्यसबेला प्रधानमन्त्री स्कट मरिसनले ती महिलासँग माफी मागेर यस विषयमा अनुसन्धान गर्न आदेश दिएका थिए।

हाल फेरि संसद भित्रै एक पुरुषले हस्तमैथुन गरेको भिडिओ लिक भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार ती पुरुष सत्ताधारी पार्टीकै कर्मचारी हुन्।

उनले महिला सांसदको कार्यकक्षमा हस्तमैथुन गरेको बताइएको छ। अधिकारीहरुका अनुसार ती पुरुषले निर्धक्क भएर महिला सांसदको कोठा देखाउँदै यस्तो अनैतिक गतिविधि गरेका थिए।

यो घटना सार्वजनिक भएसँगै ती पुरुषलाई कामबाट निकालिएको छ। लगातार संसद भित्रै यौन दुर्व्यवहारसँग सम्बन्धित घटना सार्वजनिक भएपछि स्कट मरिसनको सरकार नैतिक संकटमा परेको छ।

(लज्जास्पद घटनापछि मरिसनको भनाइ)

मरिसनले हालको घटना निकै नै अपमानजनक र एकदम्मै लज्जास्पद भएको बताएका छन्। सत्ताधारी पार्टीका कर्मचारीहरुको ग्रुप च्याटमा ती पुरुषले भिडिओ र फोटो सेयर गरेको बताइएको छ।

यो घटनासँगै पहिचान लुकाइएका संसदका एक कर्मचारी ‘टोम’ले अस्ट्रेलियाको संचारमाध्यमसँग संसदमा प्रायः पुरुष सांसद तथा कर्मचारीहरुले बाहिरबाट महिलाहरु ल्याएर यौन कार्य गर्ने गरेको पनि खुलासा गरेका छन्।

उनका अनुसार संसदमा काम गर्ने पुरुष कर्मचारीहरु नैतिक रुपमा पतन भएका व्यक्ति हुन्।

यस क्रममा अस्ट्रेलियाकी महिलामन्त्री मराइस पेनीले यो घटना लज्जास्पदभन्दा पनि लज्जास्पद भएको बताउँदै संसद कार्यस्थलको संस्कृतिबारे गहिरो अनुसन्धान हुनुपर्ने बताएकी छिन्। एससीएमपी

यो पनिः अस्ट्रेलियाको संसदमै भयो बलात्कार, प्रधानमन्त्री मरिसनले मागे माफी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .