समाज


अम्बानीको घरछेउमा विस्फोटक पदार्थ राखेको आरोप लागेका पूर्वप्रहरी वझेलाई लगियो होटल

अम्बानीको घरछेउमा विस्फोटक पदार्थ राखेको आरोप लागेका पूर्वप्रहरी वझेलाई लगियो होटल

नेपालखबर
चैत ९, २०७७ सोमबार १४:५२,

भारतका चर्चित उद्योगी मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थ राखेको प्रकरणमा पक्राउ गरिएका हाल निलम्बित मुम्बईका सहायक प्रहरी निरीक्षक सचिन वझेलाई राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को टोलीले सोमबार फाइभ स्टार ट्राइडेन्ट होटलमा लगेको छ। जहाँ उनी फेब्रुअरी १६ देखि २० तारिखसम्म बसेको खुलेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो त्यही समय हो, जतिबेला मनसुख हिरेनको त्यो स्कार्पियो (जुन गाडी जिलेटिन र मारिदिने धम्कीको पत्रसहित अम्बानीको घरबाहिर राखिएको थियो) हराएको थियो। एनआईएको टोलीले उनले त्यहीं बसेर अम्बानीको घरमा विस्फोटक पदार्थ राख्ने योजना बनाएको आशंका गरेको छ।

स्रोतका अनुसार एनआईएको टोलीले होटलका कर्मचारीसँग सोधपुछ गर्दै सचिन वझे बसेको प्रमाण संकलन गरिरहेको छ। होटलमा सीसीटीभी फुटेज पनि टोलीले हेरिरहेको छ।

याे पनि : चर्किंदै अम्बानी प्रकरण, महाराष्ट्रका गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा निवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad