ad ad

समाज


धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते

नेपालखबर
चैत ८, २०७७ आइतबार १५:४३,

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। २९ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस आइतबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते एक जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने २७ जनाको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन।

तीव्र गतिमा रहेको बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .