समाज


देहरादूनमा विद्यार्थी कुटिएकै स्कुलमा नेपाली भिक्षु मृत फेला

देहरादूनमा विद्यार्थी कुटिएकै स्कुलमा नेपाली भिक्षु मृत फेला

नेपालखबर
चैत ८, २०७७ आइतबार १४:३२,

भारतको देहरादूनमा बौद्ध शिक्षा लिइरहेका एक नेपाली भिक्षु मृत भेटिएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार देहरादूनको राजपुर रोडस्थित शाक्य सेन्टरमा ती भिक्षु शुक्रबार साँझ मृत भनिएको हुन्। अध्ययनका लागि सो स्थानमा रहेका उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

उनको थप विवरण खुलाइएको छैन।

आत्महत्याको कारण भने खुल्न नसकेको बताइएको छ। प्रहरीले उनलाई झुण्डिएको अवस्थामा भेटिएको तर सुसाइड नोट भने नभेटिएको जनाएको छ।

मानसिक समस्यामा रहेका भनिएका ती भिक्षुको परिवारलाई प्रहरीले आत्महत्या भनी जानकारी गराएको र उनीहरु आइतबार अबेरसम्म देहरादून आइपुग्ने अपेक्षा लिएको बताएका छन्। परिवारसँग सोधपुछपछि आत्महत्याको कारण खुल्न सक्छ।

शाक्य सेन्टरले सञ्चालन गर्दै आएको सोहि शाक्य एकेडेमीबाट गत अक्टोबरमा एक शिक्षकले कुटपिट गर्नुका साथै यातना दिएको भन्दै नेपाली विद्यार्थीहरु भागेका थिए। सो घटनाबारे नेपाल र भारतका सञ्चार माध्यमहरुमा सामारचा आएपछि सो विषय सार्वजनिक भएको थियो।

त्यसलगत्तै सोहि एकेडेमीका शिक्षकले पनि आत्महत्या गरेका थिए। सुसाइड नोटमा आफ्नो कारण शिक्षक संस्थाको बदनाम भएको भनेर लेखेका थिए। एकपछि अर्को घट्नाका कारण अहिले सो संस्था विवादमा परेको छ।

यो पनि : 
देहरादूनमा नेपाली कुटिएको स्कुलबाट दुई नेपाली विद्यार्थी आइपुगे महेन्द्रनगर
देहरादूनमा विद्यार्थी कुटिएकै स्कुलमा नेपाली शिक्षकद्वारा आत्महत्या

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad