मुक्तिनाथ विकास बैंक लिमिटेडले फागु पूर्णिमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ।
अफरअन्तर्गत यही चैत ०६ देखि १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा सय रुपैयाँमै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने बैंकले जनाएको छ।
यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यही अफर समय अवधिभित्र दिनुपर्नेछ।
साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन्।
यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्नसक्नेछन्। बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया