औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए।
यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने कम्पनीको संख्या ती पुगेको छ। यसअघि नै कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन।
नेपालमा अझै कोरोनाविरुद्ध प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएका महानिर्देशक भट्टराईले बताए। रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । ती निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि भारतीय कम्पनी कोभ्याक्सलाई अनुमति दिएको हो।
नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप मात्रै प्रयोग भइरहेको छ। झण्डै १६ लाख नेपालीले अहिलेसम्म कोभिसिल्ड खोप लगाएका छन्।

प्रतिक्रिया