समाज


बिहानैदेखि देशैभर मौसम बदली, काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

बिहानैदेखि देशैभर मौसम बदली, काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

नेपालखबर
चैत ७, २०७७ शनिबार ०:४४,

आज (शनिबार) बिहानैदेखि देशैभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

‘विशेषगरी पहाडी भेगमा वर्षा हुने सम्भावना छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘काठमाडौं उपत्यकाका पनि आइसोलेटेड (निश्चित) स्थानमा वर्षा हुने सम्भावना छ।’

उनका अनुसार बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ। ‘अहिले पौने ९ बजे पनि मापन गरिन्छ, केही घट्ने सम्भावना हुन्छ,’ उनले भनिन्।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

भोलि र पर्सिको मौसम अनुमान
चैत ८ गते
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

चैत ९ गते
दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (आज बिहान ६ बजेदेखि भोलि आइतबार बिहान ६ बजेसम्म)
देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad