समाज


बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी बाघ पनि नियन्त्रण

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी बाघ पनि नियन्त्रण

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १:८,

बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटे बाघलाई नियन्त्रणमा लिएको हो।

मधुवन नगरपालिका-३ स्थित खाता जैविक मार्गको गौरी सामूदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिए।

यस अघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका-४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो।

एक साताअघि मधुवन नगरपालिका-३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठवटा क्यामेरा जडान गरेको थियो। बिहीबार नियन्त्रणमा लिएको बाघ क्यामेरामा चारपटक कैद भएपछि प्राविधिक टोली खटाएर त्यसलाई नियन्त्रणमा लिइएको कडरियाले जानकारी दिए।

निकुञ्ज प्रशासनले समातिएका दुबै बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राख्ने तयारी गरेको छ।

यो पनि  नरभक्षी बाघ निकुञ्जको नियन्त्रणमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad