मस्तिष्काघात भएपछि ३ हप्ताभन्दा बढी समयदेखि नर्भिक अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था सुधार हुन सकेको छैन।
यस विषयमा पत्रकार कनकमणि दीक्षितले निराशा व्यक्त गरेका छन्।
बिहीबार साँझ आफ्नो ट्विटरमा दीक्षितले अस्पतालबाहिर चिन्तित मुद्रामा बसिरहेकी नेता जोशीकी आमाको तस्बिरसहित लेखेका छन्, ‘धेरैका मित्र नवीन्द्रराज जोशीजी, अस्पतालमा कोमामा रहेको २२ दिन भयो, आश टुट्दै छ। एउटी आमाको मन भारी छ, अस्पताल रिसेप्सनमा।’
धेरैका मित्र नबिन्द्रराज जोशीजी अस्पतालमा कोमामा रहेको २२ दिन भयो, आश टुट्दै छ ।
एउटी आमाको मन भारी छ, अस्पताल रिसेप्सनमा।
There are loud, self-serving politicians, and there are quite, serving politicians. Nabindra Raj Joshi ji is of the second persuasion. pic.twitter.com/YYCT2TQIzi
Shares

प्रतिक्रिया