नेपाली सेनाको मुख्यालय भद्रकालीनजिक रहेको आर्मी अफिसर क्लब छेउमा रहेको एक भवनमा आगलागी भएको छ।
बुधबार दिउँसो अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पुरानो कार्यालयमा सामान्य आगलागी भएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
उनले आगलागीबाट ठूलो क्षति भने नभएको र अहिले आगो नियन्त्रणमा आइसकेको बताए।
‘सामान्य आगलागी भएको हो, खासै क्षति भएको छैन’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ।’
आयो नियन्त्रणका लागि नेपाली सेनाको १, काठमाडौँ महानगरपालिकाका २ वटा दमकल प्रयोग गरिएको थियो।

प्रतिक्रिया