ad ad

समाज


पाकिस्तानले युद्धको तयारी थाल्योः भारत

पाकिस्तानले युद्धको तयारी थाल्योः भारत

नेपालखबर
साउन २७, २०७६ सोमबार ७:१२,

भारतले पाकिस्तानले कस्मिर सीमा नजिकै युद्ध सामग्री लैजान थालेको बताएको छ।

कस्मिरलाई विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएपछि भारतसँग तनाव उत्पन्न हुँदै गर्दा पाकिस्तानले लद्दाख नजिकैको क्षेत्रमा लडाकु उपकरणहरु लैजान शुरु गरेको भारतको दावी छ।

 भारतीय सञ्चार मध्यमहरुले सरकारी स्रोतहरुलाई उल्लेख गर्दै लद्दाख नजिकै रहेको स्कार्दु हवाई अखडामा युद्धसँग सम्बन्धित सामग्रीहरु थुपारेको जनाएका छन्। ‘पाकिस्तानी वायु सेनाले केन्द्र शासित प्रदेश लद्दाखको नजिकै तीन सी १३० विमानले लडाकु उपकरण लैजान शुरु गरेको छ,’ समाचार एजेन्सी एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ, ‘सीमा क्षेत्रमा पाकिस्तानको गतिविधिका बारेमा भारतको विभिन्न निकायहरुले सूक्ष्म अनुगमन गरिरहेको छ।’

पाकिस्तानले सैनिक हवाई अड्डा सञ्चालन गर्ने उपकरणहरु लगेको हुन सक्ने भारतीय पक्षले बताएको छ। ‘पाकिस्तानले जेएफ १७ लडाकु विमान स्कार्दु हवाई क्षेत्रमा तैनाथ गरेको छ,’ भारतीय पक्षले भनेको छ।

भारतीय गुप्तचार निकायका साथसाथै वायु सेना र स्थल सेनाले पाकिस्तानी वायुको गतिविधिमा निगरानी गरिरहेको भारतीयहरुले जनाएका छन्।

पाकिस्तानले धेरै पहिलेदेखि नै अमेरिकाले दिएको सी १३० विमानको प्रयोग गर्दै आएको छ। पाकिस्तानमा पूर्व सैनिक तानाशाह जनरल जिया उल हकको मृत्यु पनि सी १३० विमानमा बम विष्फोटको कारण भएको थियो ।

भारतीय पक्षले पाकिस्तानी वायु सेनाले भारतमाथि कारबाही गर्ने हेतुले गतिविधि सञ्चालन गरेको हुनसक्ने आशंका गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .