ad ad

समाज


थप ९४ जनामा कोरोना पुष्टि, ५५ जना निको भए

थप ९४ जनामा कोरोना पुष्टि, ५५ जना निको भए

नेपालखबर
चैत ४, २०७७ बुधबार १३:३५,

गएकाे २४ घण्टामा नेपालमा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ।

थप दुई हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख २४ हजार २९३ पुगेको छ। हाल ४९ जना क्वारेन्टिनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ५५० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ५५ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्।

शून्य मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .