सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको लहान घर भइ हाल विराटनगर बस्ते रञ्जित तामाङ नामक युवा रहेका छन्।
तामाङले ‘म अमेरिकाको नागरिक हुँ’ भनि बिभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विश्वास दिलाइ पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु, नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङ र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीमाथि महानगरीय प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान कार्य भइ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रतिक्रिया