समाज


राष्ट्रसंघ भन्छः म्यान्मारमा सेनाले गोली चलाउँदा कम्तीमा १३८ प्रदर्शनकारीको मृत्यु

राष्ट्रसंघ भन्छः म्यान्मारमा सेनाले गोली चलाउँदा कम्तीमा १३८ प्रदर्शनकारीको मृत्यु

नेपालखबर
चैत ३, २०७७ मंगलबार ९:७,

राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर यसैहप्ताको आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए।

म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो।

उनले भने,“शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही राष्ट्रसंघले कुनै पनि हालतमा स्वीकार गर्दैन। म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा हामी निन्दा गर्दछौं।”

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन्।

यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ। निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन्। सेनाले आङ साङ सुचीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ।

यसैबीच, जापानको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad