गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन्।
पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन्।
कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका हुन्।
‘दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउँदैछु। कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीले भने।
कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दश बढी गीत गाउनेछन्।

प्रतिक्रिया