आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहानकै १८ वर्षीय युवा रहेको र उनीमाथि सोधपुछ भइरहेको प्रहरी श्रोतले जनाएको छ।
‘पक्राउ परेका युवालाई अहिले हामी सोधपुछ गर्दैछौं, उनको संलग्नता रहेको आशंका मात्रै हो, संलग्नता खुलिसकेको छैन’, सिरहा प्रहरी श्रोतले भन्यो।
आइतबार मालपोत कार्यालयमा भएको बम बिस्फोटमा परी ८ जना घाइते भएका छन्। बम विस्फोटको जिम्मा भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले लिइसकेको छ।

प्रतिक्रिया