स्वीडेनस्थित स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युटका अनुसार अमेरिकाले विश्वभर भएको हतियार व्यापारमा ३७ प्रतिशत ओगटेको छ।
उक्त संस्थाका अनुसार हतियार बेचबिखनको सम्बन्धमा अमेरिकासँगै फ्रान्स र जर्मनीको वैश्विक निर्यातमा पनि वृद्धि भएको छ।
तर रुस र चीनको निर्यातमा भने गिरावट आएको बताइएको छ।
शीतयुद्धपछि नै विश्वमा सबैभन्दा बढी हतियारको व्यापार गएको पाँच वर्षमा भएको अनुसन्धानलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
अनुसन्धानका अनुसार यतिबेला अमेरिकाले ९६ देशमा हतियार निर्यात गरिरहेको छ।
अधिकारीहरुका अनुसार फ्रान्समा ४४ प्रतिशतले हतियार निर्यातको दर बढेको छ।
जर्मनीको सोही अवधिमा २१ प्रतिशतले व्यापार बढेको जनाइएको छ।
अमेरिकाले बेचेकामध्ये ४७ प्रतिशत हतियार मध्यपूर्वी क्षेत्र गएको र साउदीले मात्र २४ प्रतिशत हतियार खरिद गरेको जनाइएको छ।

प्रतिक्रिया