आइतबार नेस्नल स्काइडाइभिङ कम्पिटिसनका क्रममा ३० वर्षका स्काइ–डाइभरको मृत्यु भएको द मिररले जनाएको छ।
पश्चिमी अस्ट्रेलिया पर्थमा स्काइडाइभिङ प्रतियोगिता भएको थियो।
खबरका अनुसार स्थानीय समयअनुसार दिउँसो १ देखि साढे २ बजेको समयमा यो घटना भएको हो।
उनले विमानबाट हाम फालेपछि प्यारासुट खोल्न खोजेका थिए।
प्रहरीका अनुसार प्यारासुट नखुलेपछि भुइँमा बजारिएका उनको घटनास्थलमै मृत्यु भएको हो।
ती स्काइडाइभर सो क्षेत्रका निकै अनुभवी व्यक्ति भएको बताइएको छ। यसअघि उनले ६ हजारपटक सफल स्काइडाइभिङ गरेका थिए।

प्रतिक्रिया