अटो


नेपाली विद्यार्थीलाई विद्युतीय सवारीसाधन बनाउन गोल्छा ग्रुपको सहयोग

नेपाली विद्यार्थीलाई विद्युतीय सवारीसाधन बनाउन गोल्छा ग्रुपको सहयोग

नेपालखबर
चैत २, २०७७ सोमबार ७:४२,

थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेहिकल बनाएका छन्।

उनीहरुले यो इभी भेहिकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन्।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ। सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग पनि चाँडै बनाउदै छन्। उनीहरुको टिमको नाम सिरेटो रहेको छ।

सिरेटो टिम भन्दा सुन्नेहरू अकमकिन्छन्। तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन्।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबिच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् ।

फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डोर्याइरहेका छन्,। घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा तथा अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन्।

गोल्छा ग्रुपको सि.एस.आर अन्तर्गत यो इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपले सहयोग गरेकोे छ। गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad