समाज


विराटनगरबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने २ भारतीय पक्राउ

विराटनगरबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने २ भारतीय पक्राउ

नेपालखबर
चैत २, २०७७ सोमबार ७:३४,

मोरङको विराटनगरबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका ४ कञ्चनबारीस्थित नेपाल आयल नियम १ नं प्रदेश कार्यालयबाट को.१ख ५९१२ नम्बरको ट्याङकरमा पेट्रोलियम पदार्थ लगेको भन्दै उनीहरुमाथि कारबाही अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ।

निगमको विनियम तथा प्रचलित कानुनविपरीत उनीहरुले राजस्व चुहावट गरेको भन्दै पक्राउ गरिएको मोरङका डीएसपी मानबहादुर राईले बताए।

petrol carteling2

पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाउने तयारी भएको डीएसपी राईले बताए।

नेपालभन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्छ भने नेपालबाट व्यापारिक प्रयोजनका लागि लैजान समेत बन्देज छ।

petrol carteling3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad