राजनीति


सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

नेपालखबर
चैत २, २०७७ सोमबार ७:३१,

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक सो समितिकाे बैठक गर्न लागिएकाे हो।

आज सोमबार दिउँसो २ बजे कार्यव्यवस्था बैठक बस्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस ५ गते गरिएको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापना भएको हो।

पुनःस्थापनापछि फागुन २३ गते बसेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका थिए।

त्यसपछि २६ गते बसेको दोस्रो बैठकमा बहालवाला र पूर्वसहित १४ सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर चैत ३ गतेको लागि बैठक राखिएको हो। ती दुवै बैठकका कार्यसूची तय गर्न भने सभामुखले कार्यव्यवस्थाको बैठक राखेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad