सवारी नियम उलंघन गर्ने चालकले अब भर्चुअल माध्यमबाट ट्राफिक सचेतना कक्षा लिन सक्ने भएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्चुअल माध्यमबाटै सचेतना कक्षा लिन सकिने जनाएको हो।
मापसे गरेर सवारी चलाउने, लेन अनुशासन उलंघन गर्ने, रातो बत्तिमा समेत सवारी नरोक्ने चालकलाई ट्राफिक प्रहरीले कारबाहीस्वरुप ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा दिँदै आएको छ।
कार्यालयमै उपस्थित भएर लिनुपर्ने सचेतना कक्षा अब भर्चुअल माध्यमबाटै लिन सकिने महाशाखाले जनाएको छ।
यस्तो छ भर्चुअल माध्यमाबाट ट्राफिक सचेतना कक्षा लिने तरिका:


प्रतिक्रिया