समाज


एक वर्षपछि विवाह गर्छु भन्दै टिकाटालो, घरमा लगेर जबर्जस्ती करणी

एक वर्षपछि विवाह गर्छु भन्दै टिकाटालो, घरमा लगेर जबर्जस्ती करणी

नेपालखबर
चैत २, २०७७ सोमबार २:३५,

पर्सामा टिकाटालो गरिएकी युवतीलाई जबर्जस्ती करण गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा बलात्कार आरोपमा पक्राउ परेका हुन्।

उनले पर्साकै १९ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ। अनिलले युवती २० वर्ष उमेर पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालो गरेका थिए। टिकाटालोपछि उनले युवतीलाई सुरुमा आफ्नै घरमा लगेर करणी गरेका खुलेको छ। पछि उनले गाउँको एकान्त स्थानमा लगेरसमेत युवतीलाई पटकपटक जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ। युवतीका बुबाले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनिलविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

यसैगरी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले गाउँकै १६ वर्षीया किशोरीलाई बिहे गर्ने प्रलोभन दिई फागुन ८ गते राति किशोरीकै घरमा गएर जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ। करणीपछि फागुन १३ गते रोशनले किशोरीलाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर पुर्याएरसमेत बलात्कार गरेका प्रहरीले जनाएको छ।

अभिभावकले दिएको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad