बैतडीको चौलानी नदीमा एक युवक मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ सेजालीका ३५ वर्षीय रमेश कार्की चौलानी नदीमा मृत भेटिएका प्रहरीले जनाएको छ।
कार्की बैतडीको दोगडाकेदार गाउँपालिका-६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए। उनको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको धामीले बताए। ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ,’ उनले भने।
गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानी नदीमा शव भेटिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया