खेल


नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि टोली र मालिक घोषणा आज

नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि टोली र मालिक घोषणा आज

नेपालखबर
चैत १, २०७७ आइतबार ४:५६,

नेपालमा पहिलोपटक सञ्चालन गर्न लागिएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का लागि टोली र मालिक आज (आइतबार) घोषणा गरिँदै छ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले दिउँसो २ बजे सोल्टी होटलमा कार्यक्रम गरी सहररका नाममा टोली र टोली मालिक घोषणा गर्ने भएको हो।

आयोजकका अनुसार ७ सहरका नामबाट ७ टिम र त्यसका मालिक सार्वजनिक गरिनेछ। सातै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी टिम घोषणा गरिने आयोजकले जनाएको छ।

वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा एनएसएल सञ्चालन हुनेछ।

२०१९ जनवरी १ मा एनएसएल आयोजना गर्ने घोषणा गरिएको २ वर्षपछि यसले मूर्त रूप पाउन लागेको हो।

अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्ने यो फुटबल प्रतियोगिताका लागि क्रिकेटमा जस्तै सहरका नामबाट टोली बनाइने र अक्सन सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad