ब्राजिलमा एकैदिनमा २ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
बीबीसीका अनुसार बुधबार मात्र ब्राजिलमा २२ सय ८६ को कोरोनाका कारण मृत्यु भयो।
अमेरिकापछि ब्राजिलमै कोरोनाले सबैभन्दा बढीको ज्यान लिएको छ। यहाँ हालसम्म २ लाख ६८ हजार ३७० को कोरोनाका कारण मृत्यु भइसकेको छ।
जनकारहरुका अनुसार कोरोनाको नयाँ प्रकारका कारण ब्राजिलमा नयाँ संक्रमितहरु पनि तीव्र रुपमा देखिएका छन्।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले यसअघि कोरोनालाई सामान्य रुघा खोकी मात्र भएको बताउँदै आएका थिए।
कोरोनाको संक्रमण भएपछि उनले आजभोली सार्वजनिकस्थलमा मास्क लगाउन थालेका छन्।

प्रतिक्रिया