समाज


अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरले मान्छेलाई टोकेपछि त्यसलाई ह्वाइट हाउसबाट हटाइयो

अमेरिकी राष्ट्रपति बाइडेनको कुकुरले मान्छेलाई टोकेपछि त्यसलाई ह्वाइट हाउसबाट हटाइयो

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ९:१७,

सीएनएनका अनुसार मान्छे टोक्ने कुकुर मेजरलाई डेलावर लगिएको छ। बाइडेनको पहिल्यैकै निवासमा उक्त कुकुर राखिनेछ।

बाइडेनले सन् २०१८ यता पालिरहेको कुकर मेजरलाई अर्को कुकुर च्याम्पसहित गत जनवरीमा ह्वाइट हाउस ल्याइएको थियो।

मेजरले कसलाई टोकेको भनेर केही खुलाइएको छैन। सीएनएनका अनुसार मेजरको उमेर ३ वर्ष पुगेको छ भने अर्को कुकर च्याम्प १३ वर्षको भइसकेको छ।

बाइडेन कुकुर सौखिन मानिन्छन्। यसअघि बाइडेन राष्ट्रपति बन्नेबेला उनले पाल्ने गरेको कुकुरहरुको पनि निकै चर्चा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad