राजनीति


नेकपाका अध्यक्ष ऋषि कट्टेलको विज्ञप्ति : एमाले र माओवादी केन्द्रको ‘प्रपञ्च’ असफल

नेकपाका अध्यक्ष ऋषि कट्टेलको विज्ञप्ति : एमाले र माओवादी केन्द्रको ‘प्रपञ्च’ असफल

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ९:१४,

एमाले र माओवादी केन्द्रको एकता नै भताभुंग पार्ने गरी मुद्दा जितेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना असफल पारिदिएको बताएका छन्।

मंगलबार विज्ञप्ति जारी गरी कट्टेलले शक्तिको उन्मादमा नेकपा एमाले र माओवादी केन्द्रले संविधान र कानुन मिच्न खोजेको आरोप लगाउँदै त्यो असफल भएको टिप्पणी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘संसदवादी पुँजीवादीमा पतन भएका कथित कम्युनिस्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजनाअन्तर्गत एकताबद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ।’

हेर्नुहोस्, विज्ञप्ति :

risikattelbigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad