वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने भएको छ।
जेठ १३ देखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।
कोरोनाका कारण चैतमै लिनुपर्ने परीक्षा दुई महिना ढिला गरी हुनलागेको हो।
यो वर्ष बोर्डले नै परीक्षा लिनेछ। मंगलबार बसेको बोर्ड बैठकले एसईई परीक्षासम्बन्धी निर्णय गरेको हो।

प्रतिक्रिया