हालै सम्पन्न जनमत संग्रहमा बुर्का लगाउन प्रतिबन्ध गर्ने कि नगर्ने भन्ने पक्षमा मतदान भएको थियो।
बुर्काई प्रतिबन्ध लगाउनुपर्छ भन्ने पक्षमा झिनो मतको जित देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आइतबार राति सम्पन्न मत गणनाका अनुसार प्रतिबन्धको पक्षमा ५१ दशमलब २१ मत प्राप्त भएको हो।
यससँगै अब सार्वजनिकस्थलमा मुस्लिम महिलाले हिजाब, बुर्काजस्ता मुख छोप्ने कपडा लगाउन पाउनेछैन्।
अस्ट्रिया, नेदरल्यान्ड्स र फ्रान्समा पनि सार्वजनिकस्थलमा मुहार छोप्ने कपडा लगाउन प्रतिबन्ध गरिएको छ।
यो घटनालाई मुस्लिम धर्ममाथिको प्रहारको रुपमा लिइएको छ।

प्रतिक्रिया