विश्वभर मत्थर भइसकेको संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।
योसमेत गरेर विश्वभर संक्रमितको संख्या ११ करोड ७० लाखभन्दा माथि पुगेको छ। यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण विश्वभर २६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीको तेस्रो वा चौथो लहर आउन सक्ने चेतावनी दिएको छ।
यसैकारण कोरोना नियन्त्रणमा ध्यान दिन नछाड्न उसले विश्वका राष्ट्रलाई आग्रह गरेको छ।
डब्ल्यूएचओका प्रमुख (महानिर्देशक) टेड्रोस अधानोमले भने, ‘कोरोनासँग सम्बन्धित प्रतिबन्ध पालना गर्दागर्दा हैरान भइसकेका छौं, तर अब महामारी हटिसक्यो भनेर सोच्नु ठूलो भूल हुनेछ।’ एजेन्सी

प्रतिक्रिया