राजनीति


महेश बस्नेतले भने : एमालेकै सांसदको हैसियतमा सदनमा छु

महेश बस्नेतले भने : एमालेकै सांसदको हैसियतमा सदनमा छु

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:४२,

ओली नेतृत्वको नेकपाका नेता तथा संसद महेश बस्नेतले आफू नेकपा एमालेको सांसदको हैसियतमा सदनमा उपस्थित भएको बताएका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपा नामको विवादमाथि फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मन्यता दिई एमाले र माओवादी छुट्छुट्टै दल भएको फैसला गरेपछि सांसद बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।

संसद बैठकमा सहभागी भएको फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै सांसद बस्नेतले आफू पूर्व एमालेकै सांसदको हैसियतमा सदनमा आएको बताएका हुन्।

‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ’, आइतबार साँझ सांसद बस्नेतले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad