मेक्सिकोले राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्राडोरको विमान बेच्ने भएको छ।
अमेरिकासँग गैरकानुनी आप्रवासीको प्रवाह रोक्ने सम्झौता गरेसँगै मेक्सिकोले राष्ट्रपतिले प्रयोग गर्दै आएको विमान बेच्ने निर्णय गरेको हो।
विमान बेचेर निस्किएको फाइदा मेक्सिकोले गैरकानुनी आप्रवासीको प्रवाह रोक्ने कार्यमा खर्च गर्नेछ।
संयौंको संख्यामा मेक्सिको हुँदै अमेरिकामा गैर आप्रवासीहरु भित्रँन गर्दछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार मेक्सिकोबाट अमेरिका छिर्ने ती गैरकानुनी आप्रवासी नै अमेरिकामा आतंकवादी गतिविधि मच्चाइरहेका छन्।
ट्रम्पले मेक्सिकोलाई उसले गैर आप्रवासीको प्रवाह नरोके कर बढाउने चेतावनी दिएका थिए।
कर बढ्दा मेक्सिकोको अर्थतन्त्रमा असर पुग्ने भएपछि मेक्सिकोले अमेरिकासँग आप्रवासीको प्रवाह रोक्न सम्झौता गरेको हो। एजेन्सी
प्रतिक्रिया