समाज


‘साहसी महिला’ पुरस्कारका लागि अमेरिकी सरकारले चयन गर्‍यो मुस्कान खातुनलाई

‘साहसी महिला’ पुरस्कारका लागि अमेरिकी सरकारले चयन गर्‍यो मुस्कान खातुनलाई

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ३:३४,

नेपाली किशोरी मुस्कान खातुन अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारका लागि चयन भएकी छन्।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने विमेन अफ करेज (साहसी महिला) नामक पुरस्कारका लागि उनलाई चयन गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘तपाईंको साहस र परिवर्तनप्रतिको दृढताले हामीलाई सधैं प्रेरित गर्दछ,’ दूतावासले भनेको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मुस्कानले सो पुरस्कार प्राप्त गरेको खबर घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन्।

‘नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल विमेन अफ करेज अवार्ड पाउने खबर घोषणा गर्दै म अत्यन्तै उत्साहित भएको छु,’ राजदूत बेरीले भनेका छन्।

मुस्कानले एसिड (तेजाब) आक्रमणलाई रोक्नका लागि उनले गरेका कामहरुका लागि सो पुरस्कार दिइएको बेरीले जनाएका छन्।
‘यो पुरस्कार पाउने उनी पहिलो नेपाली भएकी छन् र सो पुरस्कारका लागि चयन हुने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि,’ राजदूत बेरीले भनेका छन्।

आफै एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी मुस्कान निको भएपछि त्यस्ता आक्रमण रोक्न कानूनी व्यवस्था गर्न र सामाजिक अभियानमा क्रियाशील छन्।

USambassador muskan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad