काठमाडाैंकाे ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये चार जना जुवा खेलाउने कर्मचारीहरु रहेका छन्। उनीहरुकाे साथबाट २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ बरामद भएकाे प्रहरीले जनाएकाे छ।
अवैध रुपमा क्यासिनो सञ्चालनमा रहेको भन्ने गोप्य सूचनाको आधारमा वृत्त कालिमाटीबाट खटिएकाे प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे।
जुवा खेल्नेहरुमा भारतकाे विहार मोतिहारी घर भएका रंजित कुमार जैसवाल वर्ष ३८, सोहन प्रसाद वर्ष ३५, मुमताज मिँया वर्ष ४२, भारत कलकत्ताका शेख मुर्तुजा अलि वर्ष ५०, तथा जनकपुरका राज कुमार सिंह वर्ष ३२ र बाराका टिन्कु प्रसाद वर्ष ३७ रहेका छन्।
यस्तै, जुवा खेलाउनेहरुमा महेश मल्ल वर्ष ६२ (मेनेजर), कमल देव चौधरी वर्ष ५२ (सहायक मेनेजर), अजय यादव वर्ष २३ (एडिमिन स्टाफ) र सचिन वाग्ले वर्ष ४१ (क्यासियर) रहेकाे प्ररीले जनाएकाे छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ।
प्रतिक्रिया