नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकार र नेकपा (विप्लव) का बीचमा भएको सम्झौतालाई स्वागत गरेको छ।
सम्झौता अनुसार नेकपा (विप्लव) माथिको प्रतिवन्ध हटाउने र राजवन्दीहरूलाई रिहाइ गर्ने समझदारीलाई मसालले सकारात्मक रुपमा लिएको महामन्त्री मोहनविक्रम सिंहले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएका छन्।
‘प्रतिवन्ध हटेर खुला भएपछि विप्लव पक्षले कुन प्रकारका नीतिहरु अपनाउने छ त्यसका आधारमा नै हामीले उनीहरूप्रतिको नीति निश्चित गर्दै जाने छौँ’ सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तैपनि हामीले आशा गर्दछौं, उनीहरूले अपनाउने नीतिहरू सकारात्मक प्रकारका हुने छन् र तिनीहरूबाट देशको जनआन्दोलनलाई महत्वपूर्ण योगदान पुग्ने छ।’

प्रतिक्रिया