ad ad

समाज


ताजमहलभित्र बम भेटिएन, धम्की दिने व्यक्ति पक्राउ

ताजमहलभित्र बम भेटिएन, धम्की दिने व्यक्ति पक्राउ

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १३:४,

भारतस्थित ताजमहलमा बम राखिएको हल्ला झुटो साबित भएको छ।

बिहीबार बिहान ताजमहलभित्र बम छ भन्ने हल्ला फैलिएपछि प्रहरीले अनुसन्धान गर्दा नभेटिएको हो।

योसँगै बिहानदेखि बन्द ताजमहल अहिले खुला गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बम राखेको धम्की दिने व्यक्ति पनि पहिचान भएको र उसलाई फिरोजाबादबाट नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ : कसैले ११२ नम्बरमा फोन गरेर बम राखेको सूचना दिएको थियो। उसले सैनिक भर्तीमा गडबडी भइरहेको र आफू भर्ती हुन नपाएकाले ताजमहलमा बम राखिदिएको बतायाे। साथै केही समयपछि त्यो विस्फोट हुने चेतावनी दियाे।

अन्ततः त्यो खबर झुटो साबित भएको हो। 

ताजमहलमा दैनिक झन्डै ५ हजार पर्यटक पुग्छन्। त्यहाँ विस्फोटक पदार्थ राखिएको हल्ला यसअघि फैलिएको थियो। सन् २००८ मा पनि यस्तै झुटो सूचना फैलाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .