समाज


सम्झनाको शव फेला परेको खबर गर्ने काकाससुरा हत्या अभियोगमा पक्राउ

सम्झनाको शव फेला परेको खबर गर्ने काकाससुरा हत्या अभियोगमा पक्राउ

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:३,

गुल्मीको भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको हत्या उनकै काकाससुराबाट भएको खुलेको छ।

हत्या अभियोगमा काकाससुरा पर्ने ४७ वर्षीय लालबहादुर खत्रीलाई बिहीबार सार्वजनिक गर्दै उनले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेले बताए।

रेसुंगा नगरपालिका–३ भाडगाँउकी सम्झना बेपत्ता भएको १८ दिनपछि गत सोमबार घर नजिकै शव फेला परेको थियो।

माघ २९ गते रातिदेखि बेपत्ता भएकी सम्झनाको शव फागुन १७ गते घरनजिकै टाउको बोरामा राखेको अवस्थामा फेला परेको थियो।

सम्झना बेपत्ता भएपछि खोजतलासमा लागेका लालबहादुर पछि शवको गन्ध आएको भन्दै स्थानीय जनप्रतिनिधिलाई समेत खबर गरेका थिए।

उनैले शवको गन्ध आएको जानकारी गराएपछि १८ दिनपछि सम्झनाको शव फेला परेको थियो।

सम्झना बेपत्ता भएको दुई दिनपछि उनकी सासू तोमकला खत्रीको शव घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको थियो।

माइती पक्षले सम्झनालाई घर पक्षले नै बेपत्ता बनाएको आरोप लगाउँदै आएका थिए। सोमबार नै सम्झनाको शव फेला परे पनि माइती पक्ष आएपछि मंगलबार मात्रै सम्झनाको शव उठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad