कारोबार


महिला हस्तकला मेला फागुन २२ देखि

महिला हस्तकला मेला फागुन २२ देखि

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ९:५४,

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ।

नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो।

बिहिबार नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै महिला हस्तकला मेला २०७७ हुने जानकारी गराएका हुन्।

‘हस्तकलाको प्रवर्द्धन महिला शसक्तिकरणको सम्वर्द्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने गरी स्टलहरु राखिने भएको छ। मेलामा साना ठुला गरी ५० भन्दाबढी स्टलहरु रहने बताइएको छ।

मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सीसा, धातु तथा कागजबाट बनाइएका सामानहरुको प्रदर्शन हुनेछ। हस्तकला मेला ललितपुर महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad