अफ्रिकी मुलुक कंगो र गुएनामा फेरि इबोला भाइरसको संक्रमण फैलिन थालेको छ।
अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो समय यस संक्रमणबाट ११ जनाको मृत्य भएको हो।
कंगोमा ११ जना इबोलाका बिरामी भेटिएका हुन्। जसमध्ये ४ जनाको मृत्यु भएको छ। यसैगरी गुएनामा १७ संक्रमित फेला परेका छन्। जसमध्ये ७ जनाको मृत्यु भएको हो।
सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको संक्रमण फैलिएको थियो। जसबाट १३ हजार मानिसको मृत्यु भएको थियो।
अहिले फेरि अफ्रिकामा यसको प्रकोप देखिन थालेको सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया