ad ad

समाज


कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

नेपालखबर
साउन २५, २०७६ शनिबार ९:३५,

डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ।

 प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन्।

डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए।

टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको छ। प्रहरीले बिस्फोटको कारण अझै नखुलेको जनाएको छ।

उक्त घटना नोर्रेब्रो जिल्लामा बिहान ३.१८ बजे भएको थियो। यस जिल्लासँगै जोडिएको ओस्टरब्रो जिल्लामा गत मंगलबार शक्तिशाली बिस्फोट हुँदा कर कार्यालयमा ठूलो क्षति पुगेको थियो।

कोपेनहेगनका उपप्रहरी प्रमुख रास्मुस आगस्र्कोभ शुल्जले दुबै घटनालाई प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जानकारी दिए। प्रहरीले कर कार्यालयमा भएको बिस्फोट नियोेजित भएको तर कसले गरेको भने अझै नखुलेको बताएको छ।

सोसल लिबरल पार्टीका एक सदस्य मोर्टेन ओस्टरगार्डले ट्विट गर्दै यो आक्रमण सबै डेनमार्कका नागरिक विरुद्ध भएको प्रतिक्रिया दिए। रासस-एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .