समाज


दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

नेपालखबर
फागुन १९, २०७७ बुधबार ११:१२,

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।

उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी एएफपीलाई जानकारी दिए।

यसैबीच सुडानमै हालै एउटा बिरालोका कारण विमानलाई आकस्मिक अवतरण गरिएको खबरहरु आएका छन्।

बिरालोले पाइलटसहित विमान चालकदलका सदस्य सबैलाई आक्रमण गर्न थालेपछि विमान आकस्मिक अवतरण गरिएको थियो।

हालै खार्टोम अन्तर्राष्ट्रिय विमानस्थलबाट टार्को एयरलाइन्सको बोइङ ७३७ विमान दोहाको हामद अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो।

तर बिरालोले विमानका पाइलटलाई आक्रमण गरेपछि उडिसकेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको एयरलाइभ डटनेटले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad