समाज


रुसको क्षेप्यास्त्र परीक्षणस्थलमा दुर्घटना, पाँचको मृत्यु

रुसको क्षेप्यास्त्र परीक्षणस्थलमा दुर्घटना, पाँचको मृत्यु

नेपालखबर
साउन २५, २०७६ शनिबार ८:०,

तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो। यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो।

रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको मृत्यु भएको र अरु तीन जना घाइते भएको उल्लेख छ।

स्थानीयबासीले आणविक विकिरणको सम्भावना रहेको भन्दै सरकार र स्थानीय प्रशासन समक्ष सचेतता अपनाउन आग्रह गरेका थिए। तर रोसाटोमले आणविक चुहावटको सम्भावना नरहेको स्पष्ट गरेको छ।

रुसी पनडुब्बीमा प्रयोग हुने आणविक क्षेप्यास्त्रको परीक्षण स्थलमै दुर्घटना भएकाले यसको प्रभाव स्थानीयबासीमा पर्न सक्ने बताइएको छ। स्थानीय सञ्चार माध्यमले स्थानीय शहरमा आणविक विकिरणको स्तर बढेको समाचार दिएका छन्।

रोसाटोमले मृत्यु भएका र घाइतेहरुको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ।

घाइतेहरुको विशिष्टीकृत मेडिकल सेन्टरमा उपचार भइरहेको रोसाटोमले बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .