समाज


यूएईबाट उडेको विमान बिरामीलाई बचाउन पाकिस्तानमा गरियो आकस्मिक अवतरण, तर...

यूएईबाट उडेको विमान बिरामीलाई बचाउन पाकिस्तानमा गरियो आकस्मिक अवतरण, तर...

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ८:४३,

युएईको सरजाबाट भारतको लखनउका लागि उडेको विमानमा सवार एक व्यक्तिलाई हृदयघात भएपछि उक्त विमान पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको थियो।

ज्यान जोगाउन विमान आकस्मिक अवतरण गरिए पनि ती व्यक्तिको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

फ्लाइट 6e1412 काे विमान उक्त घटनापछि मंगलबार नै लखनउ आइपुगेको छ।

यसअघि गत नोभेम्बरमा पनि दिल्लीको गोवा एयर कराँचीमै आकस्मिक अवतरण गराइएको थियो।

१७९ जना सवार विमानमा एक यात्रुलाई हृदयघात नै भएको थियो।

त्यसबेला विमान अवतरण गर्दागर्दै उनको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad